Annual General Meeting

सोनसिकसँग आबद्ध सम्पूर्णमा हार्दिक नमस्कार !

नेपाल विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) १६ औं कार्यसमिति, आफ्नो कार्यकालको लगभग अन्तिम चरणमा आईपुगेको छ । विषम परिस्थितिका बाबजुद यहाँहरूको माया, सल्लाह र सुझाब सँगै हामी विभिन्न कार्यक्रमका साथसाथै यो अवस्थामा आइपुगेका छौं ।
विश्वव्यापी माहामारीका रूपमा रहेको कोभिड-१९ को बिचमा पनि बार्षिक साधारण सभा सम्पन्न गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा छ । प्रत्यक्ष भेटघाट गरी साधारण सभा सम्पन्न गर्ने अथाह चाहना हुँदाहुँदै पनि वर्तमान अवस्थालाई मध्यनजर गर्दै यसपालिको साधारण सभा अनलाईन मार्फत गर्ने निर्णय गरेका छौं ।
साधारण सभामा सहभागिता जनाउनका निम्ति सोनसिकको विधान अनुसार सोनसिकको पञ्जिकृत सदस्यता वितरण गर्न गइरहेका छौँ।
पञ्जिकृत सदस्यता लिनका निम्ति:
१. कोरियामा वैधानिक रूपमा विद्यार्थी रहेको हुनुपर्ने ।
२.सोनसिकले तोकेको सदस्यता शुल्क (१०,००० वन) तिर्नु पर्ने ।
** पञ्जिकृत सदस्यले मात्र सोनसिकका साधारण सभाको वन्द सत्रमा भाग लिन पाउने छ र मताधिकार रहने छ ।

सोनसिक alumni अग्रजहरूमा अनुरोध:

१.सोनसिकको साधारण सभामा उपस्थित भइदिनु हुन ।
२.साधारण सभाका निम्ति आवश्यक सल्लाह सुझाव र सहयोग गरिदिनु हुन ।
३.संस्थालाई आर्थिक रूपमा पनि सबल र सक्षम बनाउनका निम्ति आवश्यक आर्थिक सहयोग गरिदिनु हुन ।

तपाईंहरुकाे अमूल्य समय र सहभागिताका निम्ति कृपया तलको लिङ्कमा गई गुगल फर्म भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

** गुगल फर्ममा राखिएको तपाईहरुको इमेल ठेगानामा साधारण सभाको अनलाइन लिङ्क पठाइने छ ।

Membership fee निम्नलिखित बैंकखातामा जम्मा गराउनु होला ।
Bank A/C NO: 1005-302-753564
Woori Bank
A/C Holder Name: SONSIK

तलको लिङ्कमा क्लिक गरेर गुगल फर्म भर्नु होला ।

https://docs.google.com/forms/d/e/1FAIpQLScM-fy4vLRF-cEsbqX0S-eHcEGyXabTvdihNJmmjZbmbsIh-A/viewform

 

Subscribe for our email newsletter